Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आजबाट सहुलियत मूल्य पसल सञ्चालनमा


5.8K
Shares

गोरखामा आजबाट सहुलियत मूल्य पसल सञ्चालनमा

गोरखा, २१ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले आज आइतबारदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले दशैँ ,तिहार र छठ पर्वलाई लक्षित गरि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । आज नगरपालिका प्रमुख , जिल्ला समन्वय समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सहुलियत मूल्यको पसल उत्घाटन गरीने कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो ।

कार्यक्रम पश्चात शाखा गोरखाट खाद्यान्न खरिद गर्दा प्रतिकिलो ७ ।– सात रुपैँया छुट हुने उहाँले बताउनुभयो । यसरी हेर्दा स्टिम जिरा मसिनो चामल प्रति किलो ८५ बाट घटेर ७९ रुपँैया पर्नेछ । स्टिम जिरा मसिनो चामल २५ किलोको बोरामा उपलब्ध भएको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो । अब स्टिम जिरा मसिनो चामल प्रति बोरा १९७५ ।–एक हजार नौ सय पचहत्तर रुपैयाँ पर्नेछ । शाखा कार्यालय गोरखामा सोना मंसुली चामल २४३ क्विन्टल र स्टिम जिरा मसिनो चामल ३०७ क्विन्टल मौज्दात रहेको छ । कम्पनीले प्रति व्यक्ति एक बोराको दरले खाद्यान्न उपलब्ध गराउने छ ।

दशौलाई मध्येनजर गरेर एक बोराको दरले मात्र खाद्यान्न बिक्रि वितरण गर्न लागेको कम्पनीको शाखा प्रमुख मुनिलाल कुश्वाहाले बताउनुभयो । उहाँका अनुसार सोना मंसुली चामल भने हाल बिक्रि वितरण नगर्ने भएको छ । कम्पनीको नयाँ ढुवानी ठेक्का स्विकृत भईसकेको भएपनि सम्झौता गर्न बाकि रहेको ले थप खाद्यान्न प्राप्त हुन नसक्दा कारागार कायालय गोरखालाई सोना मंसुली चामल अनिवार्य उपलब्ध गराउनुपर्ने बाध्यता भएकोले हाल सोना मंसुली चामल बिक्रि नभएको हो ।

तिहारको लागी भने थप चामल आईसक्ने र सोना मंसुली चामल पनि बिक्रि गरिने प्रमुख कुश्वाहाको भनाई छ । सहुलियत मुल्यको पसल असोज २१ गतेदेखि मंसीर ३ गते सम्म सञ्चालन हुनेछ । कम्पनीले यस अघिका वर्षमा पनि सहुलियत मूल्यको पसल सञ्चालन गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology