Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मनकामना होटलहरुमा बालमजुदरको प्रयोग


2.9K
Shares

मनकामना होटलहरुमा बालमजुदरको प्रयोग

गोरखा, २१ असोज । नेपालको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको मनकामना मन्दिर आसपासका क्षेत्रमा रहेका होटलहरुमा बालमजदुरको प्रयोग भएको पाइएको छ । धार्मिक पर्यटकको अत्याधिक चाप रहने मनकामना क्षेत्रका केही होटलहरुमा गरिएको अनुगमनका क्रममा केही होटलहरुमा बालमजदुरको प्रयोग गरेको पाइएको हो ।

अनुगमनका क्रममा होटल वैष्णवी मारवाडी शुद्ध शाकाहारी होटल लगायतका अन्य केही होटलहरुमा बालमजदुरको प्रयोग गरेको पाइएका होटल सञ्चालकहरुलाई होटलहरुमा कामदारको रुपमा बालबालिका नराख्न सचेत गराइएको छ ।

त्यस्तै किराना पसल तथा होटलहरुको अनुगमनका क्रममा व्यवसायीहरुले म्याद गुज्रेको खाद्य सामग्री बिक्री वितरण गरेको समेत भेटिएको अनुगमन समितिका संयोजक समेत रहनुभएकी गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो ।

‘‘चाडबाड नजिकिदै गर्दा बजारमा क्षेत्रमा म्याद गुज्रेका तथा अखाद्यबस्तु बिक्री वितरण हुनसक्ने भएकाले गाउँपालिकाले बजार अनुगमनलाई तिव्र पारेको हो, उहाँले भन्नुभयो, ‘‘नागरिकहरुको स्वास्थ्य सुरक्षालाई ध्यान दिदै पालिकाभित्र रहेका बजारमा रहेका होटल तथा पसलहरुको अनुगमन गरिएको हो ।’’

गाउँपालिकाको वडा नम्बर २ र ३ को मनकामना बजारको अनुगमनका क्रममा अधिकांश होटलहरुले मूल्य सूचि नराखेको, ब्यवसायहरु वडामा दर्ता नगरी सञ्चालन गरेको भेटिएको उपाध्यक्ष तिवारीले जानकारी दिनुभयो । त्यस्तै होटल तथा किराना पसलहरुमा म्याद गुज्रिएको पेय पदार्थ कोक, फ्रुटी, डिउ, फ्यान्टा, बडवाइजर बियर लगायत भेटिएको उहाँले बताउनुभयो ।

मूल्यसूची नराखेका व्यवसायीहरुलाई मूल्यसूची राख्न अनुगमनका क्रममा निर्देशन दिइएको छ । उहाँले अटेरी गरे कारवाही गरिने बताउनुभयो । उपाध्यक्ष तिवारीको नेतृत्वमा गरिएको अनुगमनका पालिका कर्मचारी, पत्रकार, स्थानीयबासीहरु समेतको सहभागिता रहेको थियो । गाउँपालिकाले शुक्रबारदेखि पालिका भित्रका बजार अनुगमनलाई तिव्र पारेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology