Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

प्रसाद २ प्रकरण : निर्देशक थापा र फिल्म सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी


2K
Shares

प्रसाद २ प्रकरण : निर्देशक थापा र फिल्म सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी

काठमाडौं, २१ असोज ।  फिल्म ‘प्रसाद २’ को विवादमा निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जानकारी दिनुभयो ।

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

जाहेरीमा ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल, निर्देशक थापा र सम्पादक श्रेष्ठलाई विपक्षी बनाइएको छ । सोही जाहेरीअनुसार अग्रवाललाई प्रहरीले शुक्रबार दरबारमार्गबाट पक्राउ गरेको थियो । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology