Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

समायोजित भाडा तत्काल लागू गर्न गोरखामा क्रियाशिल विद्यार्थी संघ,सगठनहरुको माग


3.3K
Shares

समायोजित भाडा तत्काल लागू गर्न गोरखामा क्रियाशिल विद्यार्थी संघ,सगठनहरुको माग

गोरखा २१ असोज । गोरखाका क्रियाशिल बिभिन्न चार विद्यार्थी संगठनहरुले असोज १५ गते निर्णय गरिएको सार्वजनिक यातायातको भाडादर कार्यान्वयन गर्न माग गरेको छ । आइतवार प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापन पत्र बुझाउदै विद्यार्थीसगठनहरुले लामो समयमा पछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको भाडा निर्धारण समितिको बैठकले गरेको निर्णय अनुसार असोज १७ गतेदेखि नै नयाँ भाडा कार्यान्वय गर्नुपर्नेमा उल्टै यातायात व्यवसायीहरुले समायोजित भाडा दरमा यात्रुहरुलाई सुविधा दिनुको सट्टा टिकट समेत नकाटी यात्रुहरुलाई झनै धेरै सास्ती दिइरहेको घटनाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

ज्ञापन पत्रमा नेपालमा क्रियाशिल विद्यार्थी संघ, संगठन समाजको सचेत अग्रदस्ता भएको भन्दै समाजमा देखिएका व्यथिती र कुसंस्कृतिका विरुद्धमा सधैं आवाज उठाउँदै आएकोले जनजिविकाका बिरुद्ध चुप बसिरहन नसक्ने उल्लेख गरेका छन् । गोरखा जिल्लाका सडकहरुमा गुड्ने सार्वजनिक सवारीमा गरेको भाडा समायोजनले वर्षौंदेखि मारमा पर्दै आइरहेका यात्रुहरु माथि न्याय हुने स्थिति सिर्जना भएको अबस्थामा उक्त निर्णय प्रति गोरखा जिल्लामा क्रियाशिल सम्पूर्ण विद्यार्थी संघ, संगठनहरुले प्रसासनलाई धन्यवाद समेत दिएका छन् ।

एकातिर वर्षौदेखि मारमा पर्दै आइरहेका यात्रुहरु समायोजनको निर्णय पश्चात् पनि ठगिने अवस्थामा रहेर र टिकट बुकिङ काउण्टरबाट सेवा प्रवाह नगर्दा यात्रुहरुल झनै ठूलो समस्यामा परेको भन्दै टिकट बुकिङ काउण्टरबाट समायोजित मूल्यमा टिकट काट्न लगाई यात्रुहरु सहज आवतजावत गर्न पाउने अवस्था सिर्जना गर्न प्रसासनसंग जोडदार माग गरेको छ । साथै गोरखा बजार र आसपासका स्थानहरुबाट पछिल्ला दिनहरुमा बढ्दै गरेको चोरीका घटनाप्रति पनि विद्यार्थी संघ,संगठनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

चाडपर्वको मौका छोपी चोरीको घटना बढ्न गरेको भन्दै सिसीटिभी जडान भएका मुख्य बजार क्षेत्रबाट नै मोटरसाईकल लगायत सामाग्रीहरु निरन्तर चोरी हुँदा पनि नियन्त्रणमा आउन नसक्नु, चोरीको गिरोह पक्राउ नपर्नुले आम जिल्लामा शान्तिसुरक्षाको सवालमा प्रश्न उठेको ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै चाडपर्वका बेला बजारमा बढ्दो अस्वभाविक मूल्य वृद्धि, कालोबजारी तथा गुणस्तरहिन खाद्यन्न तथा सामाग्री विक्री वितरण निणन्त्रणका लागि प्रभावकारी अनुगमनका गर्न पनि उनिहरुले प्रसासनसंग माग गरेका छन् ।

विद्यार्थीहरुले उठाएका जनजिविका र सामाजिक बिकृति बिसंगति बिरुद्धका मागहरु पुरा नभए चरणवद्ध अन्य कार्यक्रमहरु गर्न बाध्य हुने भन्दै गभ्भीर हुन प्रसासन ज्ञापन पत्र मार्फत मा गरिएको छ । ज्ञापन पत्रमा नेपाल विद्यार्थी संघ गोरखाका कार्यवाहक अध्यक्ष शिवहरि तिमल्सिना, अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रताप ढकाल, अखिल क्रान्तिकारीका जिल्ला सचिव सुलभ अंगाई, अनेरास्ववियूका जिल्ला उपाध्यक्ष असोक गिरीले संयुक्त हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology