गोरखा, २१ असोज । गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा.लिको वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित आफ्नै कार्यालयमा प्रा.लिको दोस्रो साधारणसभा सम्पन्न भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष विजयबहादुर स्वारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
साधारणसभामा प्रा.लिका सञ्चालक समितिका सदस्य शरदबाबु कट्टेलले संस्थाको बार्षिक प्रगति विवरण र संचालक समितिका सदस्य शरण गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रालिका अध्यक्ष नारायण खत्रीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।