Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पालुङ्गटारमा एकैदिन दुईवटा शहरी स्वास्थ्यकेन्द्र सञ्चालन


1.6K
Shares

पालुङ्गटारमा एकैदिन दुईवटा शहरी स्वास्थ्यकेन्द्र सञ्चालन

गोरखा, २१ असोज । गोरखाको पालुुङटार नगरपालिकामा थप दुईवटा शहरी स्वास्थ्यकेन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । नगरपालिका भित्र आधारभूत स्वास्थ्य सेवाको सहज सुविधा पुग्न नसकेका क्षेत्रका नागरिकहरुमा सहज स्वास्थ्य उपचार सेवा पु¥याउनका लागि शनिबार एकैदिन दुईवटा स्वास्थ्यकेन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

नगरबासीका घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले वडा नम्बर २ को चापाभन्ज्याङ र वडा नम्बर ३ को डुम्रेडाँडामा स्वास्थ्यकेन्द्र सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘‘स्वास्थ्य चौकी र अस्पतालसम्म आइपुग्न समस्या रहेका ठाउँहरुको पहिचान गरी केन्द्र स्थापना गरिएको हो, नगरप्रमुख चिन्तनले भन्नुभयो, ‘‘आधारभूत स्वास्थ्य सेवामा सहज सुविधा पु¥याउन नगरपालिकाले काम गरिरहेको छ ।’’

केन्द्र सञ्चालनमा आएपछि अवदेखि त्यस क्षेत्रका जनतालाई स्वास्थ्य उपचारमा सजिलो हुने उहाँले बताउनुभयो । शहरी केन्द्रबाट नियमित खोप, दैनिक बिरामी जाँच, सुरक्षित मातृत्व, पोषण लगायतका स्वास्थ्यसेवा प्रदान गरिने नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सिर्जना पोखरेलले जानकारी दिनुभयो ।

स्वास्थ्यकेन्द्रमा दुईजना स्वास्थ्यकर्मी सहित तीनजनाको कर्मचारी रहने उहाँको भनाई छ । ‘‘केन्द्रमा एकजना अहेव, एकजना अनमी र कार्यालय साहायकको दरवन्दीको व्यवस्था गरिएको छ, उहाँले भन्नुभयो, ‘‘नागरिकहरुलाई केन्द्रबाट सवैखालका आधारभूत स्वास्थ सेवा उपलब्ध गराइन्छ ।’’

चापाभञ्ज्याङ र डुम्रे डाँडा आसपासका जनताले सामान्य उपचारका लागि पनि धाएरै जानुपर्ने बाध्यता रहेको थियो । नजिकको स्वास्थ्य संस्थासम्म आधारभूत स्वास्थ्य सेवाका लागि पनि करिव एकघण्टासम्म धाएर पुग्नुपर्ने बाध्यता रहेको ति क्षेत्रका बासिन्दाहरुलाई केन्द्र सञ्चालनमा आएरसंगै स्वास्थ्य उपचारका लागि सहज हुने उहाँको भनाई छ ।

पालुङ्गटार नगरपालिका यसअघि पाँचवटा शहरी स्वास्थ्यकेन्द्र सञ्चालनमा रहेको थियो । थप दुईवटा नयाँ केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएसंगै अव नगरपालिका भित्र रहेको शहरी स्वास्थ्यकेन्द्रको संख्या सात पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology