काठमाडौँ, १९ असोज । किशोरीलाई बलात्कार गरेको आरोपमा झापाबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–२ घर भएका अजय शर्मा खत्वे छन् । २० वर्षीय शर्मालाई बिहीबार पक्राउ गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले जनाकारी दिनुभयो ।
खत्वेले १७ वर्षीया बालिकालाई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा असोज १० बाट १७ गतेसम्म बलात्कार गरेको आरोप छ । उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको एसपी रेग्मीले बताउनुभयो ।