Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका केसी जागिरबाट अवकास लिएपछि कुखुरा पालनबाटै मनग्य आम्दानी गर्दै


7.8K
Shares

गोरखाका केसी जागिरबाट अवकास लिएपछि कुखुरा पालनबाटै मनग्य आम्दानी गर्दै

गोरखा,१९असोज । गोरखा नगरपालिका–८ का कृष्णबहादुर केसीले कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ । जागिरे जीवनबाट अबकास लिएपछि उहाँले भन्दै व्यवसायिक कुखुरा पालन पेशा अगाल्नु भएको पनि करिब ५ बर्ष भयो । अहिले कुखुरा पालनबाट के.सीले मासिक २ लाख ५० हजार भन्दाबढी आम्दानी गर्दै आउनु भएको छ ।

उहाँले अकलामाई पशुपन्छी तथा पोल्ट्री फर्म सञ्चालन गरी व्यवसायिक कुखुरा पालन गर्दै आउनु भएको हो । करिब ९४ लाख रुपैयाको लगानीमा ७ रोपनी क्षेत्रफल भएको आफ्नै जग्गामा खोर निर्माण गरेर केसीले लेयर्स जातको कुखुरा पालन गरेको उहाँले बताउनुभयो । राम्रो उत्पादन भएका बेला फर्मबाट दैनिक रुपमा ३६ हजार रुपैयासम्मको अण्डाको उत्पादन हुने गरेको केसीको भनाई छ ।

उहाँले ५÷५ हजार कुखुरा अटाउन सक्ने क्षमताका दुईवटा खोर निर्माण गरेर कुखुरा पालन गर्दै आएको छ । ‘एउटा खोरमा ५ हजार कुखुरा हालेपछि त्यसले झण्डै ५ महिनापछि अण्डा दिन थाल्छ, एक लटको कुखुराले करिब २ बर्षसम्म अण्डा दिन्छ, उहाँले भन्नुभयो, बजारमा उत्पादन पठाउन खाली नहोस् भनेर एउटा खोरको कुखुराले अण्डा दिन सुरु गरेको करिब ८ महिनापछि अर्को खोरमा पनि कुखुराको चल्ला हाल्न सुरु हुन्छ ।’

फर्मबाट उत्पादन भएको अण्डालाई साईजका आधारमा ग्रेडिङ गरेर बजारमा पठाउने गरेको उहाँले बताउनुभयो । ‘ठूलो साईज, मझौला साइज र सानो साइजको गरी तीन ग्रेडमा उत्पादित अण्डालाई छुट्याएर सोही अनुसार दररेट निर्धारण गरी बजारमा पठाउने गरिएको छ, उहाँले भन्नुभयो, ‘ उत्पादित अण्डा बजारमा सजिलै बिक्री हुन्छ ।’

फर्ममा आम्दानी र खर्चको हिसावमा मासिक २ लाख ५० हजारसम्म नाफा हुने उहाँले बताउनुभयो । ‘व्यवसायिक रुपमा काम गर्ने इच्छाशक्ति भए पैसा कमाउन बिदेश नै जानुपर्छ भन्ने छैन, उहाँले भन्नुभयो, गरेमा स्वदेशमा सवैथोक हुन्छ र सम्भव पनि छ ।’ अण्डा उत्पादन सुरु भएपछि दैनिक रुपमा कहिल्यै पनि पैसाको अभाव नहुने गरेको उहाँ बताउनुभयो ।

‘अण्डा उत्पादन हुन थालेपछि पैसा कमाउने पेशा भनेको यहीँ मात्र रहेछ भन्ने जस्तो लाग्छ, केसीले भन्नुभयो, बजारमा पुगेपछि पैसा आइहल्छ ।’ उहाँले कुखुरा पालन व्यवसाय सञ्चालनबाट परिवारका सदस्य सहित ७ जनालाई रोजगारी पनि दिदै आउनु भएको छ । केसीले कृषि बिकास बैंक गोरखा शाखाबाट ऋण लिएर कुखुरा पालन सुरु गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology