Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

चुमनुब्रीबासीलाई चीन प्रवेशका लागि ‘बोर्डर पास’ वितरण


2.5K
Shares

चुमनुब्रीबासीलाई चीन प्रवेशका लागि ‘बोर्डर पास’ वितरण

गोरखा, १८ असोज । झण्डै चार बर्षदेखि बन्द रहेको चीनसंग जोडिएका उत्तरी गोरखाको दुवै नाका खुल्ला भएसंगै सिमा प्रवेशका लागि चुमनुब्रीबासीलाई बोर्डर पास वितरण गर्न सुरु गरिएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाले आजदेखि चुमनुव्री गाउँपालिका–३, सिर्दिवास स्थित फिलिममा रहेको इलाका प्रशासन कार्यालयबाट बोर्डर पास वितरण गर्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।

बोर्डर पास वितरणका लागि साहायक प्रमुख जिल्ला अधिकारी पुस्कर राना नेतृत्वको टोली फिलिम पुगेको उहाँले बताउनुभयो । स्थानीबासीहरुलाई उनिहरुको नागरिकताको आधारमा दुई प्रति फोटो लिएर व्यक्ति स्वयम उपस्थित भएपछि पास दिने व्यवस्था गरिएको छ । प्रसासनले गृह मन्त्रालयले पठाएको डिजाइनअनुसार पास छापेर वितरण गरेको प्रजिअ भुसालले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर ३ बाहेक त्यहाँका अन्य सवै वडाका स्थानीयबासीहरुलाई पास वितरण गरिने उहाँले जानकारी दिनुभयो । चीनको सीमा क्षेत्रसग जोडिएको चुमनुब्री गाउँपालिकाका बासिन्दाहरुलाई चीन प्रवेशका लागि बोर्डर पास वितरण भएसंगै अवदेखि तिब्बती बजारमा सहजै ओहोरदोहोर गर्न पाउने भएका छन् ।

चुमनुव्री गाउँपालिका वडा नम्बर १ स्थित रुइला र वडा नम्बर ७ छेकम्पार स्थित डुइला नाका कोभिडको संक्रमण सुरु भएसंगै बन्द भएको थियो । दुई साताअघि नै चीन सरकारले नाका खुल्ला गरेर आउजाउका लागि अनुमति दिएको भएपनि चुमनुब्रीबासीले भने बोर्डर पास नहुँदा प्रवेश गर्न पाएका थिएनन् ।

बोर्डर पास वितरण भएपछि चुमनुब्रीबासीलाई तिब्बतका बजारमा पुगेर दैनिक उपभोग्यबस्तु खरिद गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । चुमनुब्रीबासीहरु तिब्बतको स्या, जोङ्गा बजार, कोङ्दाङ बजार पुगेर उपभोग्य सामाग्री खरिद गर्ने गर्दछन् ।

चीनसंगको नाका बन्द हुँदा त्यस क्षेत्रका स्थानीयबासीहरुले दैनिक उपभोग्य सामाग्रीहरु खरिदका लागि आरुघाट बजार तथा गोरखा सदरमुकामसम्म धाउनु पर्ने बाध्यता रहदै आएको थियो । त्यसले ढुवानी महंगो पर्ने तथा आउजाउका लागि लामोसमय लाग्ने भएकाले पनि चुमनुब्रीबासीले समस्या भोग्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology