Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

ट्रकको ठक्करबाट कोचिङ पढ्न जाँदै गरेका दुई विद्यार्थीको ज्यान गयो


5K
Shares

ट्रकको ठक्करबाट कोचिङ पढ्न जाँदै गरेका दुई विद्यार्थीको ज्यान गयो

धादिङ १७ असोज । बसको ठक्करबाट आज बिहान दुई जना स्कुले विद्यार्थीको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखोलामा ट्रकले ठक्कर दिँदा २ जना विद्यार्थीको मृत्यु भएको हो ।

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले सडकछेउमा ठक्कर दिँदा दुई वागेश्वरी मावि मलेखुमा कक्षा ८ ८ मा अध्ययनरत सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठ भएको हो ।

मृतक दुवैजनाको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । उनिहरु विद्यालयमा विहान कोचिङ पढ्न हिडेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology