Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

तीनवटै तहका सरकारको संयुक्त प्रयासले मात्र तिव्र विकास सम्भव छ : सभामुख धिताल


3.3K
Shares

तीनवटै तहका सरकारको संयुक्त प्रयासले मात्र तिव्र विकास सम्भव छ : सभामुख धिताल

गोरखा, १६ असोज : गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले तीनवटै तहका सरकारको संयुक्त प्रयासले मात्र देशमा तिव्र विकास निर्माणको काम सम्भव हुने बताउनु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–५ भ्याकुरेमा सोमवार आयोजित भ्याकुरे सोलार लिफ्टिङ खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्नुहुदैँ उहाँले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले हातेमालो गरेर विकास निर्माणलाई गुणात्मक रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभएको हो ।

सभामुख धितालले जनताको चाहाना र आवश्यकता अनुसार विकास निर्माणका कामलाई अगाडी बढाउनुपर्ने समेत बताउनुभयो । उहाँले जनताको आवश्यकता र प्राथामिकता नै विकासका प्राथामिकता हुनुपर्ने भन्दै स्थानीय सरकारले पनि सवै पक्षसंग हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । निर्वाचनका क्रममा भ्याकुरे क्षेत्रका जनताले भोेगेका समस्याहरुलाई आफुले नजिकबाट नियाल्ने मौका पाएको भन्दै सभामुख धितालले साना–साना समस्या टार्न सकेमात्र पनि जनतालाई सन्तुष्ट पार्न सकिने बताउनुभयो ।

सभामुख धितालले जनतामा रहेको असन्तुष्टीलाई समेट्दै आवश्यकतालाई प्राथामिकीकरण गरेर सरकारले काम गर्नुपर्नेमा जोडदिनुभयो । ‘दलित र जनजाति समुदायको बाहुल्यता बढी रहेको भ्याकुरेमा खानेपानीको अत्यन्तै समस्या देखेर निर्वाचन क्षेत्र पुर्वाधार विकासकोषबाट केही रकम बिनियोजन गरेर भ्याकुरे सोलार लिफ्ट खानेपानी तथा सरसफाई आयोजना सम्पन्न गरिएको हो ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले भ्याकुरे खानेपानी आयोजना सम्पन्न गर्न निर्वाचित क्षत्रेका सांसदका हैसियतमा सभामुखले पु¥याउनु भएको सहयोगको महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले लिफ्टिङ खानेपानी आयोजना सही सदुपयोग गरी व्यवसायिक तरकारी खेती अघि बढाउन पनि स्थानीयबासीहरुलाई सुझाव दिनुभयो । त्यसका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने समेत अध्यक्ष थापामगरले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology