Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा


2.4K
Shares

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा

काठमाण्डौ १३ असोज । कतार,मलेसियामा सफल व्यवसायीका रुपमा चिनिएका एनआरएनए सचिव खगेन्द्र न्यौपानले उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गर्नुभएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्न कतारको दोहामा आयोजित कार्यक्रममा वर्तमान सचिव न्यौपानेले मध्यपुर्व र मलेसियाका एजेन्डाहरु एउटै रहेको जनाउदै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा आफुले सन २०२३–२५ कार्यकालका लागि मध्यपुर्वको हव कतारबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको न्यौपानेले बताउनुभयो । आरके शर्माको अध्यक्ष पदको उम्मेदवारी घोषणा कार्यक्रममा उनीसँगै आफूले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेको न्यौपानेले जानकारी दिनुभयो ।

एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, एक कार्यकाल अध्यक्ष, एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक र वर्तमान आइसीसी सचिवको जिम्मेवारी सफलताका साथ निभाइसकेकाले एनआरएनए अभियानमा लागिरहँदा आफ्ना मुद्धालाई स्थापित गर्न आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उहाँको भनाई छ ।

गैरआवासीय नेपाली संघको अभियानमा आफूले सदैव सकारात्मक भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । एनआरएनए अभियानमा लाग्दै गर्दा यस पवित्र सामाजिक संस्थाबाट प्राप्त अनुभवलाई संगालेर आगामी कार्यकालको लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु’, उहाँले अगाडि भन्नुभयो, ‘विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसाथ गर्दै उपाध्यक्ष पदमा उम्मेदवार दिने निर्णय गरेको हुँ ।’

नेपालमा समेत विभिन्न क्षेत्रमा व्यवसाय गरेका न्यौपाने एनआरएनएभित्र लोकप्रिय मानिनुहुन्छ। एनआरएनए अभियानको क्रममा विश्वका धेरै मुलुकहरु पुगिसकेका न्यौपाने हाल मध्यपुर्व भर्मणमा रहनु भएको छ। उपाध्यक्षका उम्मेदवारहरुको सुचिमा अग्रस्थानमा रहनुभएका न्यौपानेलाई विश्वमा रहेका गैरआवासीय नेपालीहरुले मन पराएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology