Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा ९ औं ओसनकप अन्तर विद्यालय फुटवल प्रतियोगिता हुने


4K
Shares

गोरखामा ९ औं ओसनकप अन्तर विद्यालय फुटवल प्रतियोगिता हुने

गोरखा, १०, असोज । गोरखा जिल्लामा ९ औं ओसनकप अन्तर विद्यालय फुटवल प्रतियोगिता हुने भएको छ । द ओसन क्ल गोरखा आयोजनामा यहीँ असोज १३ गतेदेखि पुस २१ गतेसम्म १३ बर्ष मुनि खेलाडीहरुको सहभागितामा ‘९ औं ओसन क्बल अण्डर १३ अन्तर विद्यालय फुटवल प्रतियोगिता’ सञ्चालन गर्न लागिएको क्लबले जनाएको छ ।

सदरमुकाममा आज पत्रकार सम्मेलनको आयोजना गरी क्लबका अध्यक्ष अमित खत्रीले गोरखा नगरपालिका भित्रका १० विद्यालयको सहभागितामा प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । प्रतियोगिता लिग कम नकआउट पद्धतीमा सञ्चालन हुने उहाँले बताउनुभयो ।
प्रतियोगितामा असोज १३ गतेदेखि हरेक हप्ताको शनिवार मात्र सञ्चालन गरिने क्लबले जनाएको छ । करिब ५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा प्रथम हुने टिमले ७ हजार, मेडल र प्रमाण पत्र, दोस्रो हुने टिमले ३ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितका सहभागी अन्य टिमहरुलाई समेत क्लबले मेडल र प्रमाण पत्र प्रदान गर्ने उहाँको भनाई छ । प्रतियोगिता सञ्चालन गर्न गोरखा नगरपालिका गोरखाले सहभागी टिमहरुलाई खाना, खाजा र यातायात खर्चको व्यवस्था गर्न लागेको पत्रकार सम्मेलनमा क्लबले जानकारी दिएको छ । त्यस बाहेक अन्य खर्च क्बल आफैले व्यर्होने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology