कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।
से ३ प ३३६५ नम्बरको मोटरसाइकल दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २६ वर्षीय श्यामकुमार कुँवर र मोटरसाइकलमा सवार अर्का नाम खुल्न नसकेका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारीदिनुभयो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।