Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

खुकुरी प्रहार गरी हत्या


4.3K
Shares

खुकुरी प्रहार गरी हत्या

लेकगाउँ,६ असोज । एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार बिजुली शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका छन् ।

‘सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ । हामी घटनास्थलमा गइरहेका छौं’, चौधरीले भन्नुभयो । उहाँका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology