Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

डिशहोमले ल्यायो ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’


1.8K
Shares

डिशहोमले ल्यायो ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’

काठमाडौँ, ४ असोज ।  डि.टी.एच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

डिशहोमका प्रवक्ता रजत थापा भन्छन्, ‘रमाइलो दसैँ तिहार चाडपर्वमा वर्षौँदेखि हामीलाई साथ दिइरहनु भएका हाम्रा ग्राहकहरू समक्ष उत्कृष्ट मनोरञ्जन प्रदान गर्दै सुपरस्टार बन्ने रोमाञ्चक मौका प्रदान गर्न पाउँदा हामी उत्साहित छौँ । हामी आशा गर्छौ कि यो अभियानले उहाँहरूको पर्वमा थप चमक थप्नेछ ।’

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र नेसनल टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण गरिनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान आश्विन १, २०८० देखि सीमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology