Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

यसरी रेट्रोफिटिङ हुदैछ भूकम्पले क्षती पुर्याएको पूर्वप्रधानमन्त्रीको गोरखामा रहेको ढुङगा माटोको दुईतले घर (तस्विर सहित)


3.2K
Shares

यसरी  रेट्रोफिटिङ हुदैछ भूकम्पले क्षती पुर्याएको पूर्वप्रधानमन्त्रीको गोरखामा रहेको ढुङगा माटोको दुईतले घर (तस्विर सहित)

गोरखा ७ चैत । रेट्रोफिटिङमा परेका अधिकासं लाभग्राही भुकम्प पिडितहरुले पूर्ण लाभग्राहीको सूचीमा समेटिनु पर्ने माग गरिरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भुकम्पले क्षति पु¥याएको घरको रेट्रोफिटिङको काम गर्न शुरु गर्नुभएको छ । डा. भट्टराईको गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ स्थित खोप्लाङको बेलबासमा रहेको पुर्खौली घर रेट्रोफिटिङ गरी पुनःनिर्माण गर्न शुरु गरिएको हो ।

भुकम्पले क्षति पु¥याएर बस्न नमिल्ने गरि चर्किएको घर छोरी मानुसीको नाममा रहेको छ । उक्त घर राष्ट्रिय पुनःनिर्माण प्राधिरणको लाभग्राहीको सूचीमा प्राधिकरणको ३ लाख रुपैया अनुदान पाउने लाभग्राहीको सूचीमा परेको छ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले भुकप्पले चिरा परेको घर रेट्रोफिटिङ गरेर चर्किएको घर रेट्रोफिटिङ गरि सुरक्षित बनाउन सकिन्छ भन्ने सन्देश समेत भुकम्प पिडितलाई दिनुभएको छ । यस अघि नै डा. भट्टराई पुर्खौली घरमा आएर पुखौली घर पुनःनिर्माण गर्ने बताउनु भएको थियो । उक्त घर बि.स २०४१ सालमा निर्माण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology