गोरखा, ३ असोज । गोरखामा यात्रु बाहक बस दुर्घटना ग्रस्त भएको छ । भिमसेन थापा गाउँपालिका–५ खान्चोकको दारे गौडामा गोरखाबाट आरुघाट तर्फ जाँदै गरेको ना। ५ ख ५०२८ र धावाबाट गोरखा तर्फ आउदै गरेको ना। ५ ख २६२७ बस एक आपसमा ठोकीएर र दुर्घटना ग्रस्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालकको लापरर्वाहीका कारण भएको उक्त घटनामा परी १० बर्षिया नाबालिकाका सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । दुर्घटनामा दुवै बसको अगाडीको भागमा क्षति पुगेको छ । अन्य मानविय क्षति भने नभएको गोरखा प्रहरीले जानकारी दिएको छ ।