Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पत्रकार महासंघको शुद्धीकरणविरुद्ध सर्वोच्चमा रिट, कारण देखाउ आदेश जारीका


1.1K
Shares

पत्रकार महासंघको शुद्धीकरणविरुद्ध सर्वोच्चमा रिट, कारण देखाउ आदेश जारीका

काठमाण्डौं, ३ असोज । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकणविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य समेत रहेका विरष्ठ अधिवक्ता ध्रुवप्रसाद चौँलागाईले सर्वोच्च अदालतमा असोज १ गते रिट दर्ता गरेका हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, बागमती प्रदेश समिति र मकवानपुर शाखालाई विपक्षी बनाएर उनले रिट दर्ता गरेका हुन् । चौँलागाईले हालेको रिटमा सर्वोच्चका न्यायाधीश कुमार चुँडालले कारण देखाउ आदेश जारी गर्दै रिट निवेदन उपर अन्तरिम आदेश छलफलको लागि बोलाइएको छ ।

रिट निवेदकको तर्फबाट बरिष्ट अधिवत्ताहरु केदार दाहाल, नारायाण् प्रसाद देवकोटा, अधिवक्ता आषिश उप्रेती, सम्बल चौलागाई, रौनक अर्यालले र स्वयम अधिवक्ता चौँलागाईले बहस गरेका थिए । छलफलको मिति भने आज थाहा हुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology