भूमि गोतामे
गोरखा २ असोज । यस वर्षको राष्ट्रीय शिक्षा दिवस (२०८०) समावेशी र सीपमूलक शिक्षा , स्वदेशमै युवा राष्ट्रको इच्छा ू भन्ने आदर्श वाक्यका साथ स्थानीय तह देखि संघीय तहसम्म बिबिध कार्यक्रमका साथ मनाइँदै छ।तत्कालीन राजा वीरेन्द्रले निस्शुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको अवसर पारेर वि. सं २०३१ सालबाट फागुन १२ गते मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस देशमा गणतन्त्र स्थापना भए पश्चात अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन सेप्टेम्बर ८ अर्थात भदौ २३ मा मनाउन थालिएको थियो।
निशुल्क शिक्षाको घोषणा गरेको दिनको अवसर पारेर मनाउन थालिएको शिक्षा दिवस धेरै पटक धेरै थरि कार्यक्रम गरेर मनाइ सकिएको छ । थुप्रै स्कूले बालबालिका देखि सरोकार राख्ने धेरैले यो दिवस मनाउने गर्दछन् । वि.सं २०७६ सालसम्म सेप्टेम्बर ८ मै शिक्षा दिवस मनाइयो ।२०७७ र २०७८ सालमा मनाइएन। २०७९ मा धेरै स्थानीय तहले साक्षरता दिवसकै अवसरमा शिक्षा दिवस मनाए।संघीय सरकार, शिक्षा मन्त्रालयको तर्फबाट औपचारिकता मात्र पूरा गरियो।
यस वर्ष भने शिक्षा मन्त्रालयको २०८० ०५र१६ को निर्णय अनुसार शिक्षा दिवस मूल समारोह समिति गठन, आदर्श वाक्य निर्धारण गरी प्रदेश, स्थानीय तह र विद्यालयहरुलाई शिक्षा दिवस मनाउन अनुरोध गरिएको छ। गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएपछि अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपाली होइन, हामीले फरक मिति तय गर्नुपर्छ भनेर शिक्षा दिवस स्थगित गरियो। तर नयाँ मिति तय भएन। नेपालमा शिक्षा दिवस २०३१ सालदेखि मनाउन थालिएको हो ।
यो दिवस २०३२, २०३३, २०३४, २०३६, २०३७ र २०६३ मा मनाइएको थिएन । मन्त्री पोखरेलकै पालामा शिक्षा मन्त्रालयले साक्षरता दिवस मनाउने नयाँ मिति तोक्नको लागि विभिन्न व्यक्तिहरुबाट सुझाव लियो । त्यस क्रममा शिक्षा सम्बन्धी इस्तिहार ९कानुन० जारी भएको मितिलाई प्राथमिकता मा राखेर पहिलो स्कुल (दरबार हाईस्कुल) स्थापना भएको मिति, पहिलो संस्कृत स्कुल स्थापना गएको मिति, दिङ्लाको पाठशाला स्थापना भएको मिति, महोत्तरीको मटिहानी विद्यालय स्थापना मिति र राष्ट्रिय शिक्षा नीति लागू भएको मिति मध्ये कुनै एक उपयुक्त हुने सुझाव आयो ।
विभिन्न विकल्पहरुमध्ये शिक्षा मन्त्रालयले नेपालको शिक्षा सम्बन्धी इस्तिहार (कानुन) जारी भएको १९८५ साल माघ ८ गते भएकाले माघ ८ गतेलाई नै साक्षरता दिवस मनाउन उपयुक्त हुने भन्दै मन्त्रिपरिषदमा प्रस्ताव लग्यो । मन्त्रिपरिषदले नेपालको शिक्षा सम्बन्धी इस्तिहार को सक्कली कागजपत्र खोजी गर्यो । तर नभेटिएपछि मन्त्रिपरिषदले निर्णय लिन सकेन।सरकारले मिति २०८० जेठ ९ गतेको मन्त्री परिषदको निर्णय अनुसार यही वर्षदेखि लागू हुने गरी राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको हो।
असोज २ नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिने सम्बन्धी ऐन (२०७५) पारित भएको दिन हो । त्यसपछि यस ऐनको कार्यान्वयनका लागि २०७७ असोज १९ गते अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली जारी गरियो ।शिक्षा दिवस मनाउन थालिएको पाँच दशक भैसकेको छ।शिक्षा दिवसमा राम्रा राम्रा नाराहरु तय गरिएका छन।शिक्षा क्षेत्रको समग्र परिवर्तनका लागि धेरै प्रयास र प्रयत्न पनि भैरहेको छ तापनि शिक्षामा सुधार र परिवर्तन भएको देखिँदैन।देशमा धेरै राजनैतिक परिवर्तन पनि भए।
कुनै पनि सरकार र व्यवस्थामा शिक्षा क्षेत्र प्राथमिकतामा परेन। शिक्षा क्षेत्र जसले राज्य र व्यवस्था सञ्न्चालनका लागि आवश्यक जनशक्ति तयार पार्दछ। शिक्षक , विद्यार्थी र विद्यालयका समस्या जस्ताको तस्तै छन्।
शैक्षिक बेरोजगार, बौद्दिक पलायन , अनुत्पादशील जनशक्ति उत्पादन , विद्यालय शिक्षामा प्रोत्साहनमुखी कार्यक्रम भन्दा पनि बिभिन्न सरकारका नाममा नियन्त्रण मुखी व्यबहार , राजनैतिक हस्ताक्षेप , शैक्षिक सुबिधा र अवसरहरुको असमानुपातिक तथा असन्तुलित वितरण , शैक्षिक व्यवस्थापन राम्रो नहुनु , शिक्षामा गुणस्तर नह्नुनु, घट्दो विद्यार्थी संख्या, अङ्रेजी शिक्षा प्रतिको आकर्षण अहिलेको सार्वजनिक शिक्षाका समस्याहरु हुन।यस वर्षको शिक्षा दिवसले यावत शैक्षिक समस्याहरु हल गरी शैक्षणिक विकास र सकारात्मक परिवर्तनमा लाग्न शिक्षा सरोकार सम्पूर्णमा प्रेरणा प्रदान गरोस। राष्ट्रीय शिक्षा दिवस (२०८०) को शुभकामना । भिमसेनथापा गा पा -७, गोरखा