Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

जनयुद्धले महिलाहरुको हक अधिकारलाई स्थापित ग¥यो : मन्त्री सिंखडा


2.4K
Shares

जनयुद्धले महिलाहरुको हक अधिकारलाई स्थापित ग¥यो : मन्त्री सिंखडा

गोरखा, ३० भदौ : गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले जनयुद्धले नेपाली महिलाहरुको हक अधिकारलाई स्थापित गरेको बताउनु भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिकाले तीज पर्वको अवसरमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ उहाँले अहिले प्राप्त भएका महिलाहरुका हक अधिकार र समानताका सवालहरु जनयुद्ध जगमा प्राप्त भएको बताउनुभयो ।

‘वर्तमान संविधानमा महिला, दलित, पिछडिएका बर्ष समुदायहरु सवैको हक अधिकारहरु स्थापित भएका छन्, मन्त्री सिंखडाले भन्नुभयो,‘ जनयुद्धको जगमा े संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको र यस्ता सवै अधिकार प्राप्त हुनु जनयुद्धको महत्वपूर्ण भूमिका हो ।’

जनयुद्धमा महिलाहरुको सहभागिताको सहभागिता मार्फत महिला अधिकार र देशको आमूल परिवर्तनका लागि महिलाहरुको भूमिका समेत उत्तिकै बलिदानीपूर्ण भएको मन्त्री सिंखडाले उल्लेख गर्नुभयो । ‘आज महिला र पुरुषको समान सहभागिता परिवर्तनबाट सम्भव भएको हो, उहाँले भन्नुभयो, ‘राज्यका हरेक अंगमा, राज्यका हरेक क्षेत्रमा महिलाहरुको नेतृत्व स्थापित हुने कुरालाई कम आँक्नु हुदैन ।’

गण्डकी प्रदेश सरकारको शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा जनताले अनुभूति गर्ने गरी योजनाबद्ध ढंगले काम गरिरहेको बताउनुभयो ।‘देशले एउटा राजनीतिक परिवर्तन गरी नयाँ ढंगले अगाडी बढीसकेको अबस्थामा अबको कार्यभार बिकास र सम्बृद्धिको कार्यभार हो, उहाँले भन्नुभयो, ‘प्रदेश सरकार सवै ढंगबाट प्रदेशका जनताले अनुभूत गर्ने गरी परिवर्तनको दिशामा अगाडी बढीरहेको छ ।’…दीपक श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology