Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

तनहुँको घाँसीकुवामा बस दुर्घटना


1.5K
Shares

तनहुँको घाँसीकुवामा बस दुर्घटना

तनहुँ ७, चैत । पृथ्वीराजमार्ग अन्तरगत तनुहँको घाँसी कुवामा शुक्रबार साँझ बस दुर्घटना भएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा भएको दुर्घटनामा परी १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

काकडभिट्टाबाट पोखरा जादै गरेको ग १ ख ९६१७ नम्बर यात्रु बस सडकबाट १५ मिटर तल खेतमा खसेर दुर्घटना भएको हो । घाइतेहरुको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

बसमा ३२ भन्दा बढि यात्रु सवार थिए । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाई छ । दुर्घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology