Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

राजस्थानमा बसलाई ट्रकले ठक्कर दिंदा ११ जनाको मृत्यु


2.5K
Shares

राजस्थानमा बसलाई ट्रकले ठक्कर दिंदा ११ जनाको मृत्यु

धनगढी,२७ भदौ । भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो । जयपुर(आगरा सडक अन्तर्गत नदबई इलाकाको हन्तरा पुलमा बुधबार बिहान बस बिग्रिएर रोकिएको थियो । त्यही बेला पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ महिला र ५ जना पुरुष छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology