Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

तिजमा नेपाल टेलिकमको टिकटक च्यालेन्ज, पहिलो हुनेलाई ४० हजार पुरस्कार


2.2K
Shares

तिजमा नेपाल टेलिकमको टिकटक च्यालेन्ज, पहिलो हुनेलाई ४० हजार पुरस्कार

काठमाडौं,२५ भदौ । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तिजको लहर टिकटक च्यालेन्ज’ ल्याएको छ । टेलिकमको आधिकारिक टिकटक अकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । टेलिकमको तिजको लहर गीतमा टिकटक बनाई सहभागी हुन सकिने च्यालेन्ज भदौ २४ देखि असोज ७ गतेसम्म चल्नेछ ।

च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । यस्तै, सान्त्वना पुरस्कारको रूपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टपअप प्रदान गरिने कम्पनीले जनाएको छ । नेपाली महिलाहरूको चाड तिजलाई रमणीय बनाई टेलिकमसँग जोडिनसमेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology