Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

झोलामा २६ लाख बोकेर हिंडेका राजश्वका कर्मचारी पक्राउ


2.3K
Shares

झोलामा २६ लाख बोकेर हिंडेका राजश्वका कर्मचारी पक्राउ

काठमाडौं, २५ भदौ । प्रहरीले झोलामा २६ लाख रुपियाँ शंकास्पद रकम बोकेर हिंडेका एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । उहाँलाई सोमबार बिहान नेपालगन्ज विमानस्थलबाट पक्राउ गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत शाखा अधिकृत खगेन्द्र सापकोटाको झोला विमानस्थलमा सुरक्षा जाँच गर्दा ठूलो परिमाणमा नगद फेला परेको हो ।

बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार झोलामा ठूलो मात्रामा शंकास्पद पैसा फेला परेकाले उहाँलाई नियन्त्रणमा लिइएको हो । सापकोटा बिहान ८ः४५ बजे श्री एयरको जहाजबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो । सापकोटासँगै आएका अर्का व्यक्ति भने फरार भएको प्रहरीको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology