काठमाडौं, २५ भदौ । एयर एसियाको विमानले आकस्मिक अवतरण गरेको छ । १६८ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोचीबाट बेंगलुरुका लागि एयर एसियाको विमान कोचीन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि फर्किएको थियो ।
आइतबार राति बेंगलुरुका लागि छुटेको कोच्चि(बैंगलोर उडान राति ११ः१५ बजे उडान भर्ने बित्तिकै प्राविधिक समस्याको सामना गरेको थियो ।
पछिको अनुसन्धानमा विमानमा हाइड्रोलिक समस्या देखिएको थियो । विमानको सुरक्षित अवतरण लगत्तै पहिले जस्तै सबै व्यवस्था मिलाइएको अधिकारीहरूले बताएका छन् ।