Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जेसिज सप्ताह दोस्रो दिन : चालक र सहचालकलाई ट्राफिक नियम सम्वन्धी सचेतना र स्टिकर टाँस


3.1K
Shares

जेसिज सप्ताह दोस्रो दिन : चालक र सहचालकलाई ट्राफिक नियम सम्वन्धी सचेतना र स्टिकर टाँस

गोरखा,२४ भदौ । जेसिज सप्ताहको आज दोस्रो दिन गोरखाको पुरानो बसपार्कमा चालक र सहचालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको छ । गोरखा जेसिजको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला भित्र रहेका सवारीहरुमा स्टिकहरु समेत टाँस गरिएको सप्ताहका मुल संयोजक सुजित श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका–६ को पुरानो बसपार्कमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले उपस्थित चालक र सहचालक तथा यात्रुहरुालई प्रशिक्षण गराउनुभएको थियो ।

कार्यक्रममा पृथ्वीराजमार्ग, गोरखा दरौदी र मनकामना यातायात प्रालिका चालक तथा सहचालक र कम्पनी सञ्चालक तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो । सोही कार्यक्रममा स्थानिय टोल विकासका प्रतिनिधी र यात्रुहरुको समेत सहभागीता रहेको गोरखा जेसिजले जानकारी दिएको छ ।

गोरखा जेसिजका अध्यक्ष पुष्कर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका पूर्व अध्यक्षहरु तथा पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

कार्यक्रम लगत्तै तिनवटै यातायात प्रालिका सवारीहरुमा ट्राफिक सचेतना सम्वन्धी करिब २५० वटा स्टिकरहरु समेत टाँस गरिएको कार्यक्रम संयोजक प्रमोदजंङ कुवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology