गोरखा, २३, भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जनताको पार्टीको रुपमा स्थापित गरेरै छाड्ने बताउनु भएको छ ।
बासुस्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन आज गोरखा आइपुग्नु भएका उहाँले अजिरकोट गाउँपालिकाको भच्चेकमा योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो पालिकास्तरीय सम्मेलनलाई सम्बोधन गर्नुहुदै माओवादीले सुरु गरेको तीन महिने रुपान्तरण अभियानले पार्टीलाई जनताको पार्टीको रुपमा स्थापित गर्ने बताउनुभयो ।
‘यो पार्टीलाई फेरी जनताको बिचमा स्थापित गर्ने र राष्ट्र र राष्ट्रको जिम्मा लिने एक मात्र पार्टीको रुपमा स्थापित गर्छौ, हामीले विचार पनि संस्लेषण गर्ने तथा शक्ति पनि आर्जन गर्ने उद्देस्य लिएका छौ, उहाँले भन्नुभयो, ‘गोरखाका नेता कार्यकता र जनसंगठनहरुले पनि पनि यो कुरालाई राम्रैसंग बुझुनु भएको छ भन्ने मलाई लागेको छ ।’
प्रधानमन्त्री दाहालले गोरखाबाट निर्वाचन जितेर गएपछि धेरै उतारचढावका बिचमा देशको नेतृत्व गर्ने जिम्मेवारी प्र्राप्त भएको भन्दै अहिले जनतालाई प्रत्यक्ष राहात दिएर सरकारले सुशासनको थालनी गरेको उल्लेख गर्नुभयो । सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउनेहरु भने अत्तलिएको बताउनुभयो । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउनुहुदैँ सरकारको यो अभियान नरोकिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढिगण्डकी जलविद्युत आयोजना तथा कर्णाली चिसापानी जस्तो गेम चेन्चर आयोजना सुरूवात गरिएको समेत बताउनुभयो ।
आफु छिट्टै चीन भ्रमण जान लागेको बताउनुहुँदै उहाँले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका भ्रमणका एजेण्डा रहने जानकारी दिनुभयोे ।