Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

सार्क आपतकालिन कोषमा १० करोड अनुदान सहयोग गर्ने प्रधानमन्त्रीको घोषणा


1.8K
Shares

सार्क आपतकालिन कोषमा  १० करोड अनुदान सहयोग गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाण्डौं ७ चैत । सरकारले विश्वव्यापी महामारीसँग लड्नका लागि सार्कमा खडा गरिने भनिएको आपतकालीन कोषमा १० करोड नेपाली रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीले प्रस्ताव गरेको सार्कको आपतकालीन कोषमा १० करोड नेपालका तर्फबाट सहयोग रहने बताएका हुन् ।

‘सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्नेे समेत जानकारी गराउँदछु,’ प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘यस महामारीसँग जुध्न हाम्रा छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तर्रा्ष्ट्रिय समुदायसँग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिवद्ध छौं ।’

केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले आह्वान गरेको सार्क राष्ट्रका सरकार प्रमुखहरूको भिडियो कन्फरेन्समा उनले आफ्नो तर्फबाट १० मिलियन (एक करोड) अमेरिकी डलर सहयोग हुने बताएका थिए । यससँगै आपतकालीन कोषमा सहभागी हुने नेपाल दोस्रो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology