Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नक्कली नोट सहित गोरखाका एक युवक पक्राउ


3.7K
Shares

नक्कली नोट सहित गोरखाका एक युवक  पक्राउ

गोरखा, २२ भदौ । नक्कली नोटसहित गोरखाका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका– ७ धारापानी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगा बस्ने गौरव थापा रहेको प्रहरीले जनाएको छ ।

३८ बर्षिय थापालाई मंगलवार पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार थापाको साथबाट एक हजारको सय वटा नक्कली नोट र दुई थान मोवाइल समेत बरामद गरिएको छ ।

पक्राउ परेका थापालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology