गोरखा, २० भदौ । गोरखाको भीमसेन थापा गाउँपालिकामा वडा नम्बर –७ स्थित बोर्लाङ्ग जलबिरेमा स्थानीयबासीहरुले श्रमदानबाट मन्दिर निर्माण गरेका छन् ।
जलविरेमा स्थानीय कुमाल समुदाय जनश्रमदान मार्फत मन्दिरको निर्माण सम्पन्न गरेको स्थानीयबासी विकास कुमालले जानकारी दिनुभयो ।
नवनिर्मितको आज एक कार्यक्रममा बिच वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले उद्घाटन गर्नुभएको छ । टोलमा सामुहिक रुपमा पुजाआजाका लागि मन्दिर भएपछि गाउँलेहरुले मिलेर गणेशको मन्दिर निर्माण गरेको उहाँले बताउनुभयो । मन्दिर उद्घाटन कार्यक्रममा स्थानीयबासीहरुले मन्दिर परिषर्मा पुराण समेत लगाइएका थिए ।
वडाध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको मन्दिर उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठ, वडासदस्यहरु, स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो ।