Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

एसियन बडिबिल्डिङको उपाध्यक्षमा श्रेष्ठ चयन


1.2K
Shares

एसियन बडिबिल्डिङको उपाध्यक्षमा श्रेष्ठ चयन

गोरखा, १९ भदौ । एसियन बडिबिल्डिङको उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ चयन हुनुभएको छ । काठमाण्डौंमा सम्पन्‍न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका ४ लाई विभिन्‍न पदमा चयन हुनुभएको हो ।

मनकामना केबलकारका सञ्‍चालक मध्येका एक जनारहेका श्रेष्ठ एसियाली बडीबिल्डिङको उपध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएका हुन् ।

इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेसनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेसन उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको छ । निर्वाचित सदस्यहरुको कार्यावधि ४ वर्षको हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology