Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा–आँबुखैरेनी सडक खण्ड एक तर्फी सञ्चालनमा आयो गोरखा 


2.1K
Shares

गोरखा–आँबुखैरेनी सडक खण्ड एक तर्फी सञ्चालनमा आयो गोरखा 

गोरखा, १५ भदौ । आँबुखैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ । मझुवा देउरालीमा आज बिहानै सुख्खा पहिरो खस्दा गोरखा–आँबुखैरेनी राजमार्ग केही समय अबरुद्व भएको थियो । मेसिन प्रयोग गरेर केही बेर अगाडी मात्र एकतर्फी सडक सञ्चालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

गोरखा नगरपालिका–१४ को मझुवा देउराली प्रहरी चौकी नजिकैको उकालोमा शुक्रबार बिहानै पहिरो गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार थप मेशिन प्रयोग गरिएकोले अब केही समय भित्रै दुवै तर्फको सडक सञ्चालनमा आउने छ ।

उक्त क्षेत्रमा केही दिन यता पानी नपरेको भएता पनि पहिरो गएको थियो । पहिरोका कारण बिहान ३ः०० बजेदेखी सवारी अवरुद्व भएको थियो ।
उक्त स्थानमा बिहान २ः०० बजेतिर नै पहिरो गएको अनुमान स्थानियले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology