Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

विशेष रुपान्तरण अभियान लिएर गोरखाका गाउँगाउँमा पस्यो माओवादी, जनतामा थपियो उत्साह


4.6K
Shares

विशेष रुपान्तरण अभियान लिएर गोरखाका गाउँगाउँमा पस्यो माओवादी, जनतामा थपियो उत्साह

गोरखा १३ भदौ । गोरखा जिल्लाका ११ वटै पालिकाहरुमा संगठन निर्माणका लागि ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नाराका साथ माओवादीका नेता कार्यकर्ताहरु जनतासंग माओवादी विशेष रुपान्तरण अभियान लिएर होमिएको छ । भदौ १६ गतेदेखि देशभरका सवैवडामा एकैसाथ अभियानको घोषणा गर्न लागेको माओवादी केन्द्रले गोरखा जिल्ला भित्रका सवै पालिकामा अभियानको तयारी बैठक सम्पन्न गरेर वडावडामा अभियान शुभारम्भको अन्तिम तयारी गरेको पार्टीका गोरखा जिल्ला इन्चार्ज दिपक कोइराला (रुपक) ले जानकारी दिनुभयो ।

अभियानका लागि जिल्ला भित्रका सवै पालिकाहरुमा पार्टीका केन्द्रीय सदस्यले कमाण्ड गर्ने  गरी जिम्मेवारी लिएर पालिका पालिकामा पुगिसकेका छन् । । जस अन्तरगत गोरखा नगरपालिकामा पार्टी केन्द्रीय सदस्य समेत रहनु भएका जिल्ला इन्चार्ज कोइरालाले अभियानको कमाण्ड सम्हाल्नु भएको छ । त्यस्तै गण्डकी गाउँपालिकामा केन्द्रीय सदस्य सुमन देवकोटा, पालुङटार नगरपालिका केन्द्रीय सदस्य कमला नहर्की, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिकामा केन्द्रीय सदस्य दीपक देवकोटाले कमाण्ड सम्हाल्नु भएको छ ।

त्यस्तै सहिद लखन गाउँपालिकामा प्रतिनिधि सभाका सांसद समेत रहनु भएकी केन्द्रीय सदस्य उर्मिला माँझी, भीमसेन थापा गाउँपालिकामा केन्द्रीय सदस्य लोकप्रसाद बंजरा (अक्कल), आरुघाट गाउँपालिकामा केन्द्रीय निर्वाचन आयोगका सदस्य स्थिरप्रसाद खनालको नेतृत्वमा पार्टी अभियानमा होमिएको छ ।  बारपाक सुलिकोट गाउँपालिकामा केन्द्रीय सदस्य बिष्णुप्रसाद भट्ट, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा पार्टी गण्डकी प्रदेश समितिका कोषाध्यक्ष मेखबहादुर भण्डारीले नेतृत्व लिनु भएको छ ।

त्यस्तै पालिका भित्रका सवै वडाहरुमा प्रदेश स्तरका नेताहरुलाई नेतृत्व दिएर जनताका घरघरमा पार्टीलाई पु¥याउन ३ महिने अभियान थालनी गर्न लागिएको जिल्ला इन्चार्ज कोइरालाले बताउनुभयो । माओवादी केन्द्र गोरखाले जनभेटघाटका लागि वडाका सबैघरहरुमा अभियान टोली सबै पुग्ने गरी जिम्मा बाँडफाँड गरेको हो ।  गत बैशाखको स्थानीय तहको निर्वाचनमा ७ गाउँपालिका र २ नगरपालिकामा जितेर जिल्लामा बर्चस्व कायम गरेको माओवादी केन्द्रले आगामी निर्वाचन मार्फत जिल्लाका सवै स्थानीय तहमा बर्चस्व कायम गर्ने लक्ष्य सहित संगठन निर्माण सुरु गर्न लागेको हो ।

१. के छ अभियान अन्तर्गतको पहिलो चरणका कार्यक्रमहरु
माओवादीले सुरु गर्न लागेको अभियानको सम्पूर्ण गतिविधि वडातहमा केन्द्रित गर्ने माओवादीको योजना छ । जसमा पार्टी, ज.ब.स., युवा र जातीय मोर्चाका संगठनहरु निर्माण गर्ने, पार्टीको रणनीति, कार्यनीति, मूलकार्यनीति बारे संगठन र समर्थक जनतासम्म जानकारी गराउने तथा तीनै तहका सरकारहरु खास गरी संघीय सरकारले हाम्रो नेतृत्वमा गरेका कामहरुको व्यापक प्रचार गर्ने जिल्ला इन्चार्ज कोइरालाले जानकारी दिनुभयो ।

अभियानलाई एक÷एक महिनाको हुने गरी ३ चरणमा सम्पन्न गर्ने माओवादीले जनाएको छ । अभियानबाट पार्टी र राजनीतिप्रति सतहको वास्तविकता, आलोचना, टिप्पणी, सुझाव लिने, सम्बन्धित वडाको अवस्थितिबारे समग्र पक्षको अध्ययन गर्ने, कम्तीमा ३ दिन सबै पार्टी सदस्यहरुले जनश्रमदान गर्ने, जनयुद्धका महत्वपूर्ण घटनाहरु, शहीद, बेपत्ता, घाइते योद्धाहरु, बन्दी (जेल/हिरासत)मा परेका तथा जनयुद्धका पूर्णकालीन कार्यकर्ता, पूर्व जनमुक्ति सेना आदिका विवरणहरुको अभिलेखीकरण अभियान मार्फत गर्ने माओवादीले जनाएको छ ।

त्यस्तै पार्टी कमिटिहरुको बैठक गर्ने, आवश्यकता अनुसार गठन/ पुनर्गठन गर्ने, पार्टी सदस्यता नवीकरण गर्ने, पार्टी सदस्यता दिई सेल कमिटिमा संगठित गर्नेछ ।

२ .अभियान अन्तर्गतको दोस्रो चरणका कार्यक्रमहरु :

माओवादी केन्द्रको दोस्रो चरणको कार्यक्रम असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । जस अन्तरगत पालिका र जिल्लासँग समन्वय गरी ५ घण्टासम्मको स्कूल सबै पार्टी सदस्यहरुलाई दिने, वडाहरुमा कम्तीमा ३ स्थानमा व्यवस्थित जनप्रशिक्षण गर्ने, वडा तथा पालिका स्तरमा सरकारी संघ संस्थाकाप्रतिनिधिहरुसँग कम्तीमा एक वटा अन्तरक्रिया गर्ने माओवादीले जनाएको छ ।

त्यस्तै वडाका टोल टोलहरुमा कम्तीमा ३ वटा युवा भेला तथा प्रशिक्षण गर्ने, वडाका पार्टी नेतृत्व समेतलाई सहभागी गराई कम्तीमा एक दिन जनश्रम गर्ने, महिला र दलितको कम्तीमा एक एक केन्द्रित प्रशिक्षण गर्नेछ ।

३. अभियान अन्तर्गतको तेस्रो चरणका कार्यक्रमहरु :
अभियान अन्तर्गत कात्तिक १६ गतेदेखि मंसिर १५ गतेसम्म तेस्रो चरणको अभियान सञ्चालन हुनेछ । सो क्रममा संघीय सरकारले हाम्रो पार्टी अध्यक्ष क. प्रचण्डको नेतृत्वमा अगाडि बढाएको सुशासन र भ्रष्टाचार बिरुद्धको अभियानको समर्थनमा जनप्रदर्शन, प्रशिक्षण र समर्थनको लागि अपील गर्ने, कम्तीमा एक दिन सामुहिक जनश्रम गर्ने, पालिका र जिल्लासँग समन्वय गरी जनप्रदर्शनका ठोस भूमिकामा जनतालाई सहभागी गराउने कार्यक्रम रहेको छ ।

त्यस्तै वडास्तरमा भएको आत्मनिर्भर अर्थतन्त्र निर्माणका आधारहरु ठोस गर्ने, साना उद्योग सञ्चालन आदिको सम्भावनालाई ठोस गर्ने, शहीद, बेपत्ता योद्धा परिवार, जनयुद्धका बन्दी, पूर्णकालीन, पूर्व जनमुक्ति सेना, जनयुद्धका पूर्णकालीन कार्यकर्ता, सेल्टरदाता, ज्येष्ठ नागरिक आदि सम्मान कार्यक्रमहरु गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology