Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

अर्कैको परीक्षा दिने स्ववियु अध्यक्षकी श्रीमती आरआर क्याम्पसबाट पक्राउ


3.3K
Shares

अर्कैको परीक्षा दिने स्ववियु अध्यक्षकी श्रीमती आरआर क्याम्पसबाट पक्राउ

काठमाडौं १३ भदौ । नक्कली परीक्षार्थी बनेर परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पस परीक्षा केन्द्रबाट अर्काको परीक्षा दिँदै गर्दा प्रहरीले निलम सुवेदीलाई पक्राउ गरेको हो । उनी स्वतन्त्र विद्यार्थी युनियन पाटन संयुक्त क्याम्पसका अध्यक्ष सुशिल विष्टकी श्रीमती हुन् ।

यसो त पक्राउ परेकी सुवेदीले आफूले परीक्षा दिएबापत रकम लिएको स्वीकारेकी छिन् । अर्थ सरोकारलाई प्राप्त प्रमाणअनुसार उनले पाँच हजार रुपैयाँ लिएर कृष्णा कुमारी सिंहको स्नातकोत्तर तह प्रथम वर्ष अन्तर्गत पहिलो शैक्षिक सत्रको परीक्षामा ‘आरडी’ ९५५४० विषयको परीक्षा दिएको स्वीकार गरेकी छिन् ।

‘कृष्णकुमारी सिंहले मलाई रु.५००० दिएर यो काम गर्न लगाउनु भएको हो । यसरी नै मास्टर्स ५५१ को पनि परीक्षा दिएको छु । यतिबेला पनि मलाई रु ५००० दिनुभएको थियो । त्यसैले म यहाँ परीक्षा दिन आएको थिएँ ।’, सुवेदीले त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ ।

यता प्रहरीले पनि नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै गरेको अवस्थमा १० भदौमा सुवेदीलाई पक्राउ गरेको पुष्टी गरेको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology