काठमााडौ, ९ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले स्व. बुबा र आमाका नाममा पाशुपत क्षेत्रमा बर र पिपलका विरूवा रोप्नुभएको छ ।
शनिबार सामाजिक सञ्जालमा उहाँले बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपेर आजैबाट बुबाको काम सकेको जानकारी दिनुभयो । पितृको संसारमा जानुभएको बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपिएसंगै आजैबाट बुबाको काम सकियो ।’
थप सामाजिक र सिर्जनात्मक काम बुबा र आमाको नाममा गर्दै जाने प्रतिवद्धता जनाउँदै उहाँले थप लेख्नु भएको छ(‘समय र स्वास्थ्यले साथ दिएमा थप सामाजिक र सिर्जनात्मक काम उहाँहरुको नाममा गर्दै जानेछु ।’