Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा क्याम्पसमा सार्वजनिक शान्ति कसुर बिरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न


1.5K
Shares

गोरखा क्याम्पसमा सार्वजनिक शान्ति कसुर बिरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न

गोरखा, ८ भदौ । गोरखा क्याम्पस गोरखामा अध्ययनरत विद्यार्थी तथा प्राध्यापक र कर्मचारीहरुलाई लक्षित गरी आज सार्वजनिक शान्ति बिरुद्धको कसुरको बारेमा जनचेतना मूलक अभिमुखीकरण प्रदान गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत सामुदायिक सेवाकेन्द्र गोरखाको आयोजनामा क्याम्पसको सभाहलमा बिहान एक कार्यक्रमका बिच अभिमुखीकरण प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रमममा प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले सहभागीहरुलाई सार्वजनिक शान्ति बिरुद्धको कसुर, सजाय लगायतका बिषयमा जानकारी प्रदान गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology