Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

मनकामना केबलकार पनि बन्द


2.4K
Shares

मनकामना केबलकार पनि बन्द

गोरखा ६ चैत । गोरखाको ऐतिहासिक मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार बन्द हुने भएको छ । कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण बढ्न सक्ने भएपछि सरकारले भिडभाडमा नजान र नगर्न आग्रह गरेसंगै मनकामना केवलकारले पनि सेवा बन्द गर्न लागेको स्टेशन मेनेजर डि एन कायस्थले जानकारी दिनुभयो ।

‘विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द गर्न लागिएको हो।’ उहाँले भन्नुभयो । शनिबारदेखि लागू हुनेगरी चैत मसान्तसम्म केबलकार बन्द गर्ने निर्णय गरिएको उहाँको भनाई छ ।

सरकारले पनि २५ जना भन्दा धेरै भिडभाड नगर्न निर्देशन दिइसकेको छ। गोरखाको मनकामनामा रहेको मनकामना मन्दिर दर्शनको लागि मात्रै केबलकारबाट दैनिक हजारौँ यात्रुहरुले सेवा लिँदै आएका छन्।

केबलकारको चेरेस स्टेशनमा व्यवस्थापन पक्षले केही दिनयता नै कोरोनाबारे सचेतना कार्यक्रमहरू गर्दै आइरहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology