Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रचण्ड नेतृत्वको सरकारले जनताको पक्षमा काम गरिरहेको छ : सचिव शाक्य


1.3K
Shares

प्रचण्ड नेतृत्वको सरकारले जनताको पक्षमा काम गरिरहेको छ : सचिव शाक्य

मानसिह बिक
दाङ (देउखुरी)  १ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव हितमान शाक्यले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले जनताको पक्षमा तिव्र गतिमा काम गरिरहेको बताउनु भएको छ । अहिले सरकारले गरेका कामले माओवादी सरकारमा छ भन्ने अनुभूति जनताले गर्न पाएको उहाँले बताउनुभयो ।

‘भ्रष्टाचारको बिरुद्धमा र सुशासनको पक्षमा सरकारले गररेका कामले जनताको सरकार छ भन्ने छाप जनतामा परेको छ, सचिव शाक्यले भन्नुभयो, ‘यस्तो बेलामा सरकारका बिरुद्ध हुने सबखाले प्रतिगामी शक्तिका बिरुद्धमा माओवादी आधार इलाका प्रदेश लुम्बिनी प्रदेशले रक्षार्थ एक धिक्का भएर लाग्न उभिनुपर्छ ।’

नेपालमा जनयुद्ध सफल बनाउन जनबर्गिय सङ्गठनहरु पार्टीको आधारभुत सङगठन भएकोले शान्तिपूर्ण राजनीतिमा सबै जनबर्गिय सङगठनको परिचालनमा पार्टीले पहिलो प्राथमिकता दिएको सचिव शाक्यले बताउनुभयो । लुम्बिनी प्रदेश भलुबाङमा ‘घर घरमा माओवादी केन्द्र, जनजन माओवादी केन्द्र’ बिशेष रुपान्तरण अभियानको शिलशिलामा शुक्रबार लुम्बिनी प्रदेश पार्टीको आयोजनामा भएको जनबर्गिय सङ्गठनको अध्यक्ष र इन्चार्जहरुको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

सचिव शाक्यले माओवादीको तिन महिने अभियानमा जनताको घर घरसम्म पुगेर गहिरो छलफल गरी पार्टी र नेताहरु रुपान्तरण हुनुपर्ने समेत बताउनुभयो । जनतामा माओवादी बिचार, राजनितिले आमूल परिबर्तन भएको बताउदै यसलाई सकारात्मक रुपमा जनता माँझ पुर्‍याउन नसकेकोले ३ महिना मार्फत अव जनतामा पु¥याउनुपर्ने उल्लेख गर्नुभयो ।

पार्टी लुम्बिनी प्रदेशका इन्चार्ज समेत रहनु भएका शाक्यले जनयुद्धपनि लामोसमयको तयारीपछि ‘प्रचण्ड’को नेतृत्वमा भएकोको बताउदै अब पनि शान्तिपूर्ण राजनीतिमा प्रचण्डकै नेतृत्वमा बिकास र सुशासनमा ब्रेक गरेको बताउनुभयो । बैठकमा पार्टी लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बरालले लुम्बिनी प्रदेशको पार्टी नयाँ बनाउन र जनताको घरघरमा जानेका लागि कार्ययोजना निर्माण गरिसकेको बताउनुभयो । बैठकमा स्थायी समिति सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्य निर्मल आचार्य लगातयतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology