काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुमा समस्या देखिएपछि डा. भट्टराई बुधबार साँझ शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा हुनु भएको थियो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
‘गंगालालमा एन्जियोग्राफी गराउँदा सामान्य रहेको र उक्त परीक्षण पश्चात हस्पिटलमै आराम गर्दा राम्रो हुने चिकित्सकको राय अनुसार अस्पतालमै रहनु भएको हो’, अस्पताल स्रोतले भन्यो ‘उहाँको केहीबेरमै डिस्चार्ज हुँदैछ ।
गंगालाल अस्पतालको बसाइको क्रममा उहाँले नेकपा नेता नारायणकाजी श्रेष्ठ समूहलाई लक्षित गरेर कडा ट्वीट समेत परि अहिले त्यसको व्यापक चर्चा भईरहेको छ । डा. भट्टराईले आफ्नो ट्वीटमा नारायणकाजी गुटले माओबादी केन्द्र सिध्याएको भन्दै अब नेकपा सिध्याउने उल्लेख गर्नुभएको थियो ।