Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कांग्रेस सभापति देउवा भेट्न धुम्बाराही पुगे गृहमन्त्री श्रेष्ठ


1.1K
Shares

कांग्रेस सभापति देउवा भेट्न धुम्बाराही पुगे गृहमन्त्री श्रेष्ठ

काठमाडौँ, २७ साउन ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ सभापति देउवालाई भेट्न गृहमन्त्री श्रेष्ठ उनकै निवास, धुम्बाराही पुगेका हुन् ।

कांग्रेस संसदीय दलको बैठकपछि देउवाले गृहमन्त्री श्रेष्ठलाई पार्टीका सांसद सुनील शर्मा पक्राउ प्रकरणबारे बिफ्रिङ लिन निवासमम बोलाएका थिए ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार गृहमन्त्री श्रेष्ठले मुलकको सुरक्षा अवस्था र सांसद शर्मा पक्राउ प्रकरणबारे बिफ्रिङ गरेका थिए । उनीहरू करिब आधा घण्टा मुलुक समसामयिक राजनीतिबारे कुराकानी भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology