Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारत–पाक परमाणु युद्ध भए, १० करोड मर्ने र बिश्वयापी खाद्यान्न संकट आउने खतरा


1.3K
Shares

भारत–पाक परमाणु युद्ध भए, १० करोड मर्ने र बिश्वयापी खाद्यान्न संकट आउने खतरा

वासिङ्टन । भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा १० करोड मानिसको ज्यान जान सक्नेएक अध्ययनले देखाएको छ । यी दुई देशमा रहेका परमाणु हतियारको १ प्रतिशतको मात्रै प्रयोगले पनि १० करोड मानिसको तत्काल ज्यान जान सक्ने साइन्स जर्नल पीएनएएसमा प्रकाशित आफ्नो किसिमको पहिलो अध्ययनले देखाएको छ ।

पीएनएएस जनाए अनुसार अतिरिक्त विश्वव्यापी रुपमा आधुनिक इतिहासकै ठूलो खाद्यान्न संकट आउन सक्ने उल्लेख गरेको छ ।
यसले मानिसमा खाद्यान्न संकट हुने र भोककै कारण करोडौं मानिसको ज्यानसमेत जान सक्नेछ अनुमानमा देखाईएको छ ।

अध्ययनमा भनिएको छ, “दुई देशबीच परमाणु युद्ध भइरहँदा विश्वव्यापी स्तरमा तापमानमा गिरावट आउने, कम वर्षा हुने र सूर्यको मधुरो किरणको प्रभाव पर्नेछ ।” यसको ठूलो असर कृषि उत्पादनमा पर्नेछ ।

युद्ध भएको पहिलो वर्षमा खाद्यान्न उत्पादनमा १२ प्रतिशत सम्म गिरावट आउनेछ अध्ययनले देखाएको छ । यो असर करिब १ दशकसम्म पूरै विश्वको खाद्यान्न उत्पादन तथा व्यापारमा देखिने सक्ने खतरा देखिएको छ ।
यो अध्ययन अमेरिकाको रटजर्स युनिभर्सिटी न्यू ब्रुन्सविकका शोधकर्ताको आकलनमा आधारित भएको देखिईएको हो । शोधकर्ताका अनुसार २१ औं शताब्दीको अन्त्यसम्म मानवजनित जलवायु परिवर्तनको प्रभाव यसको असर भन्दा धेरै बढी हुने छ ।
यो अध्ययनमा आफ्नो योगदान दिने प्राध्यापक एलेन रोबोकले भने, “हाम्रो परिणामबाट परमाणु हतियारलाई निश्चित रूपमा समाप्त गरिनुपर्छ भन्ने निष्कर्ष आउँछ । किनभने यसको प्रयोग गरियो भने त्रासदीपूर्ण अवस्था आउन सक्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology