Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेबिसंघ गोरखाको कार्यवाहक अध्यक्षमा तिमल्सिना


5.3K
Shares

नेबिसंघ गोरखाको कार्यवाहक अध्यक्षमा तिमल्सिना

गोरखा, २७ साउन । नेपाल बिद्यार्थी संघ गोरखाको कार्यवाहक अध्यक्षमा शिवहरी तिमल्सिनालाई प्रदान गरिएको छ । जिल्ला अध्यक्ष सुवास अधिकारीले आज तिमल्सिनालाई कार्यवाहक अध्यक्ष सुम्पिनु भएको हो ।

अध्यक्ष अधिकारी हालै गठित नेपाल बिद्यार्थी संधको केन्द्रिय तदर्थ समितिको केन्द्रिय सदस्यमा चयन भए पछि उपाध्यक्ष तिमल्सिनालाई कार्यवाहक अध्यक्षमा चयन गरेको हो ।

नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठौं संशोधन २०७५ बमोजिम नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिका उपाध्यक्ष तिमल्सिनालाई अधिकारसम्पन्न कार्यवाहक अध्यक्षको रूपमा मनोनयन गरेको पूर्व अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले तिमल्सिनालाई शनिबार नेपाली काँग्रेसको तिनधारेमा रहेको पार्टी कार्यालयमा जिल्ला सचिवलाई रोहवरमा राखेर कार्यवाहक अध्यक्षको जिम्मेवारी पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology