Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पालुङटार नगरपालिका आर्थिक बर्ष २०७९÷०८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न


1.5K
Shares

पालुङटार नगरपालिका आर्थिक बर्ष २०७९÷०८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

गोरखा, २६ साउन । पालुङटार नगरपालिका गोरखाको गत आर्थिक बर्ष २०७९÷८० को तेस्रौ चौमासिक कार्यक्रम अन्र्तगतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पालुङटार नगरपालिकाको आयोजनामा वडा नं. ५ स्थित बनादेबी मन्दिर परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख विवस चिन्तनले नगरपालिकाले गएको आर्थिक बर्षमा नगरपालिका भित्र गर्दै आएका विकास निर्माण योजना लगायतका बारेमा सहभागीहरुलाई जानकारी प्रदान गर्नुभएको थियो ।

सहभागीहरुले नगरपालिकाले सञ्चालन गरेको बिकास निर्माणका कार्यक्रमहरु प्रभावकारी हुन नसकेको, योजना छनोट गर्दा वडावासीको चाहाना अनुसार छनोट हुन नसकेको बताएका थिए ।

त्यस्तै कृषि क्षेत्र, खानेपानी तथा सडक पूर्वाधार बिकासलाई नगरपालिकाले प्राथामिकता दिएर काम गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

पालुङटार नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दीपक पाण्डेको अध्यक्षमा भएको कार्यक्रममा नगरपालिका उपप्रमुख बन्दना पाण्डे, वडाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, नगरपालिका बिभिन्न शाखाका प्रमुख लगायतले सहभागीहरुले उठाएको जिज्ञासाको जवाफ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology