Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गण्डकी गाउँपालिकामा पार्क निमार्ण हुँदै


1.7K
Shares

गण्डकी गाउँपालिकामा पार्क निमार्ण हुँदै

गोरखा, २० साउन । गोरखाको गण्डकी गाउँपालिकामा थामपाखा पार्क निर्माणको काम तीब्र गतिमा अघि बढेको छ। वडा नम्बर ८ स्थित घ्याल्चोक थामपाखामा पर्यटन प्रबर्द्धनका लागि पार्क निमार्ण भइरहेको गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकारले) जानकारी दिनुभयो ।

 

पार्क निर्माण पश्चात आन्तरिक तथा बाहय पर्यटक भित्रिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । गाउँपालिकालाई पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनाउनका लागि गाउँपालिकाको समन्वयमा प्रदेश सरकारको ५ लाख लागतमा निमार्ण गरिएको पार्कले यस क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

अहिलेसम्म पार्कको निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । पार्कको पर्खाल, मुलथान मन्दिर, शौचालय लगायत भौतिक संरचना निमार्ण गरि बृक्षरोपण भईरहेको स्थानीय भुमिप्रसाद रेग्मीले जानकारी दिनुभयो । प्रसिद्ध धार्मिकस्थल मुलथान मन्दिर सोही स्थानमा पर्ने भएकाले पनि पार्क अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि हुने स्थानीयले उहाँको भनाइ छ ।

पार्कबाट वडा नम्बर ७ र ८ को मनमोहक दृश्य, बुढिगण्डकी नदि, धादिङको रोराङ गाउँपालिका, मलेखु बजार आदिको सजिलै अबलोकन गर्ने सकिने जनाइएको छ । अहिले पार्क निर्माणको कार्य तिव्र भइरहेको छ । पार्क निर्माणपछि त्यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ अपेक्षा स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology