Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

टोपबहादुर रायमाझी सांसदबाट निलम्बन भएको जानकारी आज गराइने


1.4K
Shares

टोपबहादुर रायमाझी सांसदबाट निलम्बन भएको जानकारी आज गराइने

काठमाडौं, १६ साउन । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी आज संसद्लाई गराइने भएको छ । नेपालीलाई नक्कली भुटानी बनाएर शरणार्थी बनाउने प्रकरणमा रायमाझी असार १ गते पुर्पक्षका लागि थुनामा पठाइएका थिए । २०७९ को नियम २४८ को उपनियम ३ को व्यवस्थाअनुसार उनी त्यतिबेलै निलम्बित भए पनि आज संसद्लाई जानकारी गराइन लागिएको हो ।

त्यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने आजको बैठकको सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । आजकै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीको कार्यावधि थपको प्रस्ताव पनि गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर आज बैठकमा प्रस्तुत गर्ने छन् ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेलाई बोलाइएको थियो । तर, एक घन्टा बित्न लाग्दा पनि अझै पनि सुरू भएको छैन ।

एमालेले आजको बैठक पनि अवरोधको तयारी गरेको छ । उसले सुन काण्डमा उच्चस्तरीय छानबिन समितिको माग राख्ने संसद् अवरोध गर्दै आइरहेको छ । आज पनि बैठकमा त्यही माग गर्ने र सरकार अनिच्छुक देखिए सदन अवरूद्ध गर्ने एमालेको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology