Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा अदालतको ‘मिसन ८०’ पूरा, सम्वन्ध बिच्छेदका ४३३ मुद्वा फछ्र्यौट


945
Shares

गोरखा अदालतको ‘मिसन ८०’ पूरा, सम्वन्ध बिच्छेदका ४३३ मुद्वा फछ्र्यौट

गोरखा, १५ साउन । गोरखा जिल्ला अदालतले ‘मिसन ८०’ सफल भएको जनाएको छ । अदालतले ‘मिसन ८०’ अन्तरर्गत २ बर्ष माथिका मुद्वाहरु शुन्य झार्ने लक्ष्य राखेको थियो । लक्ष्य अनुसार नै गएको आर्थिक बर्षमा अदालतले २ बर्ष माथिका मुद्वा शुन्यमा झारेको जिल्ला न्यायधिस तेजेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

अदातलमा आइतबार पत्रकारहरु संग अन्तक्रिया कार्यक्रम बोल्दै न्यायधिस शर्माले अहिले अदालतमा करिब १ बर्ष नाघेको ३ थान मुद्वा मात्र बाँकी रहेको बताए । ‘हामीले मिसन ८० मा २ बर्ष माथीका मुद्वा शुन्यमा झार्ने लक्ष्य राखेका थियौ’ उनले भने ‘सबै कर्मचारीहरुको सहयोगमा लक्ष्यलाई सफलता पूर्वक पुरा गरियो ।’

अदालतमा सबै प्रकारका मुद्वाहरु मध्ये अघिल्लो आर्थिकमा जिम्मेवारी सरेको २५३ थान मध्ये २५० थान मुद्वा फछ्र्यौट भएको र अनुमान गरिएको ५७८ मा ७०२ मुद्वा दर्ता भएकोमा ६९३ थान मुद्वा फछ्र्यौट भएको छ । यसलाई आधार मान्दा लक्ष्य अनुसार १२८ प्रतिशत प्रगति भएको देखिन्छ ।

यता कुल मुद्वा मध्ये ४३३ थान सम्वन्ध बिच्छेदका मुद्वाहरु फछ्र्यौट भएको गोरखा जिल्ला अदालतले जनाएको छ । गत आर्थिक बर्षमा दर्ता भएको ७०२ मुद्वालाई आधार मान्दा सम्वन्ध बिच्छेदका मुद्वा ६१।६ प्रतिशत देखिन आउछ ।

अदालतमा दर्ता भएका सम्वन्ध बिच्छेदका मुद्वाहरुमा पुरुषले भन्दा महिलाहरुले सम्वन्ध बिच्छेद गराउन चाहेको स्रेस्तेदार गोकर्णराज पन्तले जानकारी दिए । उनका अनुसार श्रीमान श्रीमती बिच अविश्वास हुदा, युवा उमेरमा लामो समयसम्म विदेश बसेका तथा जातिगक कारण देखाए सम्वन्ध बिच्छेद गराएका छन् ।

त्यस बाहेक पनि आर्थिक तथा अपरिपक्ता, सानो उमेरमा बिवाह गरेका, श्रीमान बिदेश हुदा श्रीमतीले अनैतिक सम्वन्ध कायम गरी पेटमा बच्चा भएकाहरुले पनि सम्वन्ध बिच्छेद गराएका अदालतको रेकर्डमा देखिन्छ ।

गएको आर्थिक बर्षमा सम्वन्ध बिच्छेद गराउनेहरुमा २१ बर्षदेखी ७० बर्ष उमेर समूहका भएको स्रेस्तेदार पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology