Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बाढी र पहिरो बढेकाले सर्तकता अपनाउन धार्चे गाउँपालिकाको अनुरोध


1.9K
Shares

बाढी र पहिरो बढेकाले सर्तकता अपनाउन धार्चे गाउँपालिकाको अनुरोध

गोरखा, १५ साउन । धार्चे गाउँपालिका गोरखाले केही दिनदेखि परिरहेको लगातारको बर्षाका कारण पालिका आसपासका क्षेत्रमा नदी तथा खोला नामालमा पानीको सहत बढेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।

गाउँपालिकाले आज सार्वजनिक सूचना निकालेर अविरल बर्षाका कारणले गाउँपालिका हुँदै बग्ने बुढीगण्डकी नदी, रेसे खोला तथा अन्य खहरे खोलाहरुमा पानीको सहत र वहाव अत्याधिक बढ्न गएकाले जुन सुकै बेला बाढी र पहिरोको जानसक्ने जोखिम रहेकाले सर्तक रहन पालिकावासीहरुलाई सचेत गराएको हो ।

त्यस्तै पानीको सतह बढेका बेला नदी तथा खोला किनारा आसपासमा आवत जावत गर्न र बसोबास गर्दै आएका नागरिकहरुलाई सर्तक रहन गाउँपालिकाले सूचना मार्फत आवहन गरेको छ । गएरातीदेखि परेको बर्षाले रेसे खोलामा आएको बाढीले खोला किनार माछिखोला बगरमा केहि क्षति पुर्याएको समेत गाउँपालिकाले जनाएको छ ।

उक्त स्थान अत्यन्तै बाढी र पहिरोको अत्यन्तै जोखिममा रहेका हुँदा त्यस क्षेत्रमा बसोबास गरिरहेका मानिसहरुलाई यथासिघ्र सुरक्षित स्थानमा सर्न समेत गाउँपालिकाले बिशेष अपिल गरेको छ ।

साथै वर्षायामको समयमा बाढि पहिरोको संभावित जोखिमबाट बच्न त्यस्ता जोखिमयुक्त स्थानहरुमा आवतजावत नगर्न गाउँपालिकाले पालिकावासीलाई आग्रह गरेको गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology