Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाका विद्यालयमा एक विद्यार्थी एक सीप कार्यक्रम


6K
Shares

गोरखाका विद्यालयमा एक विद्यार्थी एक सीप कार्यक्रम

राजेन्द्र न्यौपाने,

६ चैत्र गोरखा । गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ९ स्थित जनशक्ति मा.वि. नामजुङ पुग्दा कक्षा आठका छात्रछात्राहरु विद्यालयमा राखिएको मौरीको घारमा सुप्पर फ्रेम चेक गर्दै थिए, कक्षा सातका छात्रहरु धमाधम कपाल काट्ने काममा व्यस्थ देखिए । छात्राहरु सिलाई मेसिन चलाईरहेका थिए । यहाँ हेर्दा कुनै कम्पनीमा कामदारहरु काम गरेको भन्दा फरक थिएन् तर यो कुनै कम्पनी नभएर जनशक्ति मा.वि. नामजुङले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन लागु गरेको एक विद्यार्थी एक सीप कार्यक्रम अन्तर्गत को सीप कार्यक्रम थियो ।

विद्यालयका प्रधानाध्यापक चिरञ्जीवि काप्रीका अनुसार विद्यालयमा, मौरीपालन, च्याउखेती, कपाल काट्ने काम, सिलाई तालिम, मोवाइल तथा टिभी मर्मतका कार्यक्रमहरु चलिरहेका छन् । नियमित पठनपाठन पछिका समय र विदाका दिन यस्ता कार्यक्रमहरु छात्राछात्रलाई सिकाउने र उनीहरुलाई सम्बन्धी पेशामा दक्ष बनाउने कार्यक्रम विद्यालयको रहेको उनले बताए ।

शहिद लखन गाउँपालिकासँगको समन्वयमा यस्तो कार्यक्रम ल्याइएको हो । कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालय शिक्षासँगै सीप सिकाएर पेशा गर्न सक्ने बनाउने लक्ष्य विद्यालयको रहेको काप्रीको भनाई छ । कक्षा ६ देखि ८ सम्म पेशा तथा व्यावसायको अध्यापन हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology