गोरखा १३ साउन । नेपाली काग्रेस गोरखा क्षेत्र नम्बर २ (१) का सभापति नारायण गुरुङ भनिने नारायण भनिने दिर्गमान गुरुङ जेल चलान हुनुभएका छन् । सरकारी दस्तखत किर्ते कसुरमा सभापति गुरुङ जेल चलान गरिएको हो ।
पालुङटार नगरपालिका वडा नम्बर ३ (साविक आँपपिपल गाउँ विकास समिति वडा नम्बर २ ) घर भएका गुरुङले नागरिकता, पासपोर्ट लगायतका सरकारी कागजात किर्ते गरेको पुष्टी भएपछि अदालतले जेल सजायको फैसला सुनाएको थियो ।
उनलाई डिल्लीबजार कारागारमा राखिएको छ । बि.स २०६१ जेठ १८ गते अदालतको गुरुङलाई १ वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतको फैसला पछि फरार रहदै आएका गुरुङलाई गएको असार २० गते पक्राउ गरि फैसला कार्यान्वयनका लागि पठाएको हो ।
गुरुङले गोरखा, काठमाण्डौ र पोखरामा होटल व्यावसाय गर्दै आएका थिए ।